नेपाल नआए पनि 'नेपाल आइ लभ यू' लेखेको टिसर्टमा ठाँटिने यी हलिउड अभिनेता


कहिल्यै नेपाल आएका छैनन्

नेपालको प्राकृतिक सुन्तरताको कायल नहुने को होला र? नेपाल थुप्रै व्यक्तिहरूको आकर्षणको थलो रहँदै आएको छ। नेपाललाई नेपाल आएकाले मात्रै हैन जीवनमा कहिल्ये नेपाल नटेकेका मानिसहरूले पनि माया गर्छन्।

संसारको सबैभन्दा ठूलो फिल्म उद्योग हलिउडमा पनि एक जना त्यस्तै स्टार छन् जो कहिल्यै नेपाल आएका छैनन् तर 'नेपाल म तिमीलाई माया गर्छु' भनेर लेखिएको टिसर्टमा ठाटिएर हिँड्छन्। ती स्टार हुन् जारेड लेटो। उनी अभिनित एक हलिउड फिल्म 'सुसाइड स्क्वाड' शुक्रबार मात्र रिलिज भएको छ, जून नेपाली हलहरूमा पनि चलिरहेको छ।

नेपाल नआए पनि लेटोले नेपाललाई कला,संस्कृति र प्राकृतिक सुन्दरताको जादुले भरिएको देशका रूपमा लिने गर्छन्। नेपालमा गत वर्ष गएको भूकम्पपछि उनले 'नेपाल आइ लभ यू' नामको टिसर्ट लगाएर सबैको ध्यान आकृष्ट गरेका थिए।

उनले नेपाललाई आफ्नो सपनाको गन्तव्य देशको रूपमा राख्दै आएका छन्। मौका मिलेको खण्डमा कुनै दिन नेपाल आउने उनको इच्छा छ। उनी नेपाल नआएपनि नेपालका हिमाल र हिमालय क्षेत्रका तस्विर र भिडियोहरू पोस्ट गरिरहेका हुन्छन्।

उनलाई नेपाल आउन नपाएकोमा दु:ख पनि छ. उनले आफ्नो व्यस्तताले गर्दा नेपाल आउन नपाएको बताउने गरेका छन्। उनले छिट्टै नेपाल आउने विश्वास लिएका छण्।

अभिनेताका अलावा लेटो गायक, गीतकार एवम् निर्देशक समेत हुन्।
SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment